जापानका राजदूत माएदा तोरुद्धारा वीरगञ्जको धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण

नागरिक न्युज,चैत्र २७, पर्सा । नेपालका लागि जापानका राजदूत माएदा तोरुले बुधवार वीरगञ्जका प्रमुख धार्मिक एवं पर्यटकीय स्थलको भ्रमण गर्नु भएको छ । दूतावासका प्रतिनिधि सहित राजदूत तोरुले आज बिहान वीरगञ्जको चर्चित गहवामाई मन्दिरको दर्शन गर्नुका साथै प्रसिद्ध घडीअर्वा पोखरी र मर्मत सम्भार भइरहेको घण्टाघरको समेत अवलोकन गरेको महानगरले जनाएको छ । अवलोकन पछि वहाँले वीरगञ्ज महानगरपालिकाको कार्यालयमा पुगेका राजदूत तोरुले प्रमुख राजेशमान सिंहसँग पनि भेटघाट गर्न‘ भयो । भेटघाटको अवसरमा दुवैबिच वीरगञ्जका ऐतिहासिक धार्मिक एवं पर्यटकीय स्थलहरूको विकासमा हुन् सक्ने सहयोग बारे छलफल भएको प्रमुख सिंहको सचिवालयले जनाएको छ ।

Advertisement