जैन धर्मका प्रवर्तक महावीर जयन्ती आज

नागरिक न्युज डेस्क,चैत्र २८, काठमाडौं : चैत्र शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ। २६२३ वर्षअघि यही दिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा जन्मिएका थिए।May be a graphic of 8 people, people studying and text that says 'RREEPILESCHOCL BRIGHT PUBLIC SCHOOL Ignite, Innovate, Inspire and Sucoess ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL ENAOLLNOW NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401. 9802593403,9855026252 9802593403,9 3,9855026252 Ghantagha 9, Birgunj, Parsa [Near the C.D.0 Office)'राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको बताइन्छ। १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन्।मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ। शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएका छन्।महावीर जयन्तीका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणको लागि महावीरले देखाएको मार्ग अवलम्बन गर्न सके धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सद्भाव कायम हुने धारणा राखेका छन्।

उनले सभ्य र सुसंस्कृत समाज निर्माणका लागि अग्रसर हुन महावीर जयन्तीबाट सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

Advertisement

उपराष्ट्रपति रामसहायप्रसाद यादवले  ‘पञ्चशील’ सिद्धान्तका प्रतिपादक महावीरको जीवनले अहिंसा, सत्य, करुणा र समानताको सन्देश दिने धारणा राखेका छन्।

यो दिवसले सिङ्गो मानव जीवनमा शान्ति, सद्भाव र मैत्रीभाव प्रसार गर्नमा सहयोग पुर्‍याउने उनको विश्वास छ।

Advertisement