विद्यार्थीहरुको चौतर्फि बिकासमा हाजिरी जवाफ प्रयोगीता निकै आवश्यक : वडा अध्यक्ष गुप्ता

नागरिक न्युज डेस्क, चैत्र २९, पर्सा : अबको विद्यार्थीहरुमा किताबी ज्ञानका साथै सामान्य ज्ञानमा समेत रुचि बढ्दै गएको वीरगञ्ज महानगरपालिका वडा नं.०९का वडा अध्यक्ष जवाहर प्रसाद गुप्ताले बताउनु भएको छ । बि.पि.एस प्लस टु कलेजको आयोजनामा भएको हाजिरी जवाफ प्रतियोगीतामा बिजेता भएका विद्यार्थीहरुको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा अध्यक्ष गुप्ताले अतिरिक्त ज्ञानले सरकारी तथा गैर सरकारी बिभिन्न निकायमा आफुलाई औवल साबित गर्न सकिने भएकोले बि.पि.एसले आयोजना गरेको यस प्रकारको कार्यक्रमले विद्यार्थीहरुको जिवनमा राम्रो हौसला मिल्ने पनि बताउनु भयो । वहाँले विद्यार्थीहरुको चौतर्फि बिकासमा हाजिरी जवाफ प्रयोगीता निकै आवश्यक रहेको पनि बताउनु भयो ।कार्यक्रम नेपाल भोजपुरी समाजका अध्यक्ष ध्रुवसिंह ठकुरी तथा स्थानिय कलाकार अजमत अलि अंसारीले बिभिन्न भोजपुरी लोक गीत प्रस्तुत गरी सहभागीहरुको मन जितेका थिए । सो कार्यक्रममा वीरगञ्ज कपडा बैकका अध्यक्ष लालबाबु सिंह,बि.पि.एस प्लस टु का एच.आर.डाईरेक्टर संदिप कुमार कुशवाहा, पत्रकार मनोज कुमार मिश्र, बि.पि.एस प्लस टु का डि.आई.आकाश पटेल, शिक्षक अंगद यादव,ओमप्रकाश पटेल, दिपक खत्री, रामसुबोध पाण्डे, शुभम तुल्सियान, रुपा ठाकुर, संचारकर्मी कन्हैया पटेल, निरञ्जन साहलगायतको सहभागीता रहेको थियो । पब्लिक ब्रोडकाष्टिङगद्धारा संचालित पब्लिक क्वीजको सहकार्यमा भएको उक्त हाजिरी जवाफ प्रतियोगीतामा ५ वटा समुहमा खेल खेलाईएको थियो । समुह ए देखि ई सम्म एक समुहमा तिन जनाको सहभगीता रहेको थियो । १५ सहभागी मध्ये पहिलो हुनेमा ए समुहका विद्यार्थी बिशाल साह कलवार, कृष्णा राउत कुर्मी र शाक्षी सरार्फ भएका हुन भने दोस्रो हुनेमा बि समुहका विद्याथी सिताराम प्र.कुशवाहा,सुमित औझैया र आरती कुमारी थिए त्यस्तै तेस्रो हुनेमा डि समुहका विद्यार्थी सन्जना पटेल,सुमित साह र बिशाल मुखिया भएका थिए । बि.पि.एस प्लस टु का एकेडेमीक डाईरेक्टर दिपक पटेलको अध्यक्षतामा सम्पन्न भएको हाजिरी जवाफ प्रतियोगीताको संचालन तथा सहजीकरण पत्रकार राजेन्द्र सिंह राजपुतले गरेका थिए ।

Advertisement

 

Advertisement

 

Advertisement