नागरिक न्युज डेस्क,चैत्र २९, पर्सा : मधेश प्रदेशका मुख्यमन्त्री शतिस कुमार सिंहले वीरगञ्जको सरिस्वा नदिको स्थलगत अनुगमन गर्नु भएको छ । निकै प्रदुर्षित रहेको नदिको बारेमा बारम्बार कुरा उठेकोले अनुगमन गरिएको हो । नदि अनुगमन पछि मुख्यमन्त्रीले प्रदुर्षण फैलाएको आरोप लागेका उद्योगहरुको छड्के पनि गर्नु भएको छ । मुख्यमन्त्री सिंहले पारवानीपुरमा रहेको ग्लोबल छाला फेक्ट्री, निम्बस दाना फेक्ट्री, चावासोती मिल्स,मकाल सोप एण्ड केमिकलमा छडके अनुगमन गरेको बताईएको छ । अनुगमनको क्रममा उद्योगहरुले फेकट्रीको बिना प्रसोधीत फोहोर पानी सिधै नदिमा मिसाउने गरेको भेटिएको छ । ति उद्योगहरुलाई एक महिनाको समयमा ट्रिटमेण्ट प्लाण्ट जडानका लागि निर्देशन दिएको बताए । सो अवधीमा पनि अवस्था नसुध्रिए कार्यवाहि प्रक्रियामा जाने समेत चेतावनी दिनु भयो ।



















प्रतिक्रिया