कैलालीमा सर्पले टोकेर बालकको मृत्यु, नहरमा डुबेर बालिका बेपत्ता

नागरिक न्युज डेस्क, बैशाख २,  धनगढी :  कैलालीमा सर्पले टोकेर घाइते भएका एक बालकको मृत्यु भएको छ भने एक बालिका नहरमा डुबेर बेपत्ता भएकी छन् ।नयाँ वर्षको पहिलो दिन सोमबार टिकापुर नगरपालिका–१ एकतानगरका निरज बिकका पाँच वर्षीय छोरा लोकेशको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

May be a graphic of 8 people, people studying and text that says 'RREEPILESCHOCL BRIGHT PUBLIC SCHOOL Ignite, Innovate, Inspire and Sucoess ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL ENAOLLNOW NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401. 9802593403,9855026252 9802593403,9 3,9855026252 Ghantagha 9, Birgunj, Parsa [Near the C.D.0 Office)'जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले घरको आगनमा खेलिरहेको अवस्थामा सर्पले बायाँ खुट्टामा टोकेर गम्भीर घाइते भएका लोकेशको उपचारका क्रममा टीकापुर अस्पतालमा मृत्यु भएको बताए । उनको शव परीक्षणका लागि टीकापुर अस्पतालमै राखिएको छ ।यस्तै, लम्कीचुहामा नहरमा डुबेर एक बालिका बेपत्ता भएकी छन् । लम्कीचुहा नगरपालिका–३ बल्चौरमा रानीजमरा कुलरिया सिँचाइको नहरमा डुबेर सोही ठाउँ बस्ने ९ वर्षीया खुसी वादी बेपत्ता भएको प्रहरीले जनाएको छ । उनको खोजी भइरहेको छ ।

Advertisement