मधेशमा आज जुडशीतल मनाइँदै, सार्वजनिक बिदा

नागरिक न्युज डेस्क, बैशाख २,  जनकपुरधाम : तराई मधेशका जिल्लामा आज हर्षोल्लासका साथ जुडशीतल पर्व मनाइँदै छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।May be a graphic of 8 people, people studying and text that says 'RREEPILESCHOCL BRIGHT PUBLIC SCHOOL Ignite, Innovate, Inspire and Sucoess ADMISSION OPEN For New Session 2082 "THE BEST GUIDANCE FOR YOUR KIDS" Your Child Deserves the Best ! Admission Open for PG, Nursery to 9. ENAOLL ENAOLLNOW NOW Entrance Date Chaitra, 30 Saturday 7:00 AM 9802593401. 9802593403,9855026252 9802593403,9 3,9855026252 Ghantagha 9, Birgunj, Parsa [Near the C.D.0 Office)'विक्रम संवत् परम्पराको नयाँ वर्ष प्रारम्भमा मनाइने दुईदिने पर्वमा पहिलो दिनलाई सतुवाइन र दोस्रो दिनलाई जुडशीतल भन्ने चलन छ । यद्यपि सतुवाइन पनि जुडशीतल पर्वकै अङ्ग भएको बताइएको छ ।वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा पहिलो दिन चना, बदाम, जौँ, मकै, गहुँ, चामल र मुँगसहित सातथरि खाद्यान्नको सातु र सख्खरको सर्वत बनाएर कूलदेवतालाई चढाएपछि कूलपुरोहित, ब्राह्मण र साधुहरूलाई दान गरेर खाने चलन छ ।यसैगरी दोस्रो दिन (वैशाख २ गते) बुबाआमा, गुरु, मान्यजन एवम् ज्येष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल सिंचित गरी वर्षभरि शीतलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने आशीर्वाद दिँदै जुडशीतल पर्व मनाउने गरिन्छ ।

आजका दिन रुखबिरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखबिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो ।

Advertisement

नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ ।

आजको दिन मिथिलाञ्चलको केही स्थानमा हिलोपानी खेल्ने चलन पनि गरिन्छ । घरघरमा सोइजनको तरकारी, करहीबरी, तरुवा लागत विशेष परिकार बनाएर खाने चलन जुडशीतलमा छ ।

Advertisement