नागरिक न्युज डेस्क, बैशाख २, पर्सा : २५ जना शाररिक अशक्त व्यक्ति तथा प्रभावित परिवार सदस्यहरुका लागि सचेतना मुलक अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्लाको जिराभवानी गाउँपालिका वार्ड न–१ मा आयेजना भएको उक्त अन्तरक्रिया कार्यक्रममा स्थानीय स्तरमा अपांगता भएको व्यक्तिहरुको प्रतिनिधित्वको तथा अनिहरुको अपाङता भएको ब्यक्तिहरुको अधिकारहरुको बारेमा चर्चा गरिएको हो ।
सहभागी मध्ये अशक्त अशोक राय, चिन्ता कुमारी, कालपती देबीलगायतले आफ्नो पहिलो पटक आफुले भोगेको अनुभव सुनाएका थिए ।
कार्यक्रममा जिराभवानी गाउँपालिका उपाध्यक्ष रेखा चौधरी, वडाअध्यक्ष रामशरण खवास, समाजिक अभियन्त प्रकाश थारु, महिला बालबालिका शाखा प्रमुख रन्जिता पौडेल समाज सेवी अजगैबी नाथ गौरोको पनि सहभागीता थियो । बि नेपालको आयोजनामा भएको कार्यक्रमको संचालन अधिवक्ता रशना ढ्कालले गर्नु भएको हो ।



















प्रतिक्रिया