र्मसिर ०७, पर्सा । वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागूऔषध सहित एक जनालाई पक्राउ गरेका छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शङ्कराचार्य गेटमा चेकजाँच गर्ने क्रममा लागूऔषध गाँजा बरामद गरेको हो ।सवारी साधन तथा पैदल यात्रुहरूलाई चेकजाँच गर्ने क्रममा वीरगञ्जबाट भारतको रक्सौलतर्फ शङ्कास्पद अवस्थामा जाँदै गरेका व्यक्तिलाई पक्राउ गरिएको हो ।भारत विहार जिल्ला गोपालगञ्ज थाना महमदपुर ग्राम अमरपुरा बस्ने ६५ वर्षीय गोगल महतो नुनियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

Advertisement
उनकाअनुसार नुनियाले बायाँ काँधमा कालो रङ्गको प्लास्टिकको जेब्रा झोलाभित्र प्लास्टिकले बेरी लुकाई छिपाई राखिएको अवस्थामा गाँजा सात किलो लागूऔषध गाँजा फेला परेको हो । नुनियालाई नियन्त्रणमा लिई निजविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको भारतीले बताए ।




















प्रतिक्रिया