नागरिक न्युज डेस्क, बैशाख २, पर्सा : राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगञ्ज महानगरको आयोजनामा नारायणी रङ्गशालामा जारी टी–२० महिला तथा पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत आजको खेलमा काव्या एकेडेमीको पुरुष टिमले होलि एन्जल विद्यालयलाई ६ विकेटले पराजित गर्दै शानदार जित हासिल गरेको छ ।टस जितेर पहिलो ब्याटिङ गरेको होलि एन्जल विद्यालयले १११ रन बनाएको थियो । ११२ रनको लक्ष्यका साथ मैदानमा जवाफी ब्याटिङमा उत्रिएको काव्या एकेडेमीले ६ विकेटको क्षतिमा खेल आफ्नो पक्षमा पारेको हो । खेलमा काव्या एकेडेमीका श्रीराम बैठाले उत्कृष्ट प्रदर्शन गर्दै २४ बलमा ३८ रन लिएका थिए ।
बैठा मैन आफ द म्याच पनि घोषित भएका हुन । जितसगै काब्या एकेडेमी सेमिफाईनलमा प्रवेश गरेको छ । फाइनल खेल यही वैशाख ६ गते सम्पन्न हुने कार्यक्रम रहेको छ ।



















प्रतिक्रिया