महिला तर्फ खेलमा ४ रनले एप्लस एकेडेमी बिजयी, फाइनलमा प्रवेश

नागरिक न्युज डेस्क,बैशाख ०३, पर्सा : वीरगञ्जमा जारी एन प्याबसन टि २० क्रिकेट टुर्नामेण्टमा महिला तर्फको खेल एप्लस एकेडेमीले काब्या एकेडेमीलाई ४ रनले पराजित रहेको छ । टस जितेर फिल्डङग रोजेको काब्या एकेडेमी समक्ष्य एप्लस एकेडेमीले ६५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । एप्लस एकेडेमीकी कप्टान प्रिजु श्रीवास्तवले २५ बलमा २७ रन बनाएकी थिईन भने रौनक खातुनले १४ बलमा ११ रन बनाईकी थिईन । कुल १० ओभरमा एप्लस एकेडेमीले ६४ रन बनाउन सफल बनको थियो । यता जवाफि ब्याटिङमा उत्रेको काब्या एकेडेमीले निधाररित १० ओभरमा ६० रनमा सिमित भएको हो । काब्याकी रागिनी चौरसियाले २३ बलमा १४ बनाईकी थिईन । महिला तर्फको खेल ४ रनले एप्लस एकेडेमीले जितेको हो । खेलको म्यान आफ दि म्याच एप्लस एकेडेमीकी प्रिजु श्रीवास्तव घोषित भएकी थिईन । यो जित सगै एप्लस एकेडेमी फाइनलमा प्रवेश गरेको छ ।

Advertisement