र्मसिर ०७, बारा । बाराको गढीमाई मेलामा ड्रोन उडाउन निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले शुक्रवार एक सूचना सार्वजनिक गर्दै विश्व प्रसिद्ध धार्मिक गढीमाई मेलामा ड्रोन उडाउन निषेध गरेको हो । बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीद्वारा हस्ताक्षरित सूचनाअनुसार बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ बरियारपुरस्थित गढीमाई मन्दिरमा अनुमति बिना ड्रोन उडाउन रोक लगाइएको छ । ‘पञ्चवर्षीय गढीमाई मेलालाई लक्षित गरी कुनै पनि व्यक्ति, सङ्घ संस्थाले यस कार्यालयको अनुमति बेगर ड्रोन क्यामेरा उडान गर्न पाइने चैन’ सूचनामा भनिएको छ ।यदि सूचनाको अवज्ञा गरी कोही कसैले ड्रोन क्यामेरा उडाएको देखिएमा ड्रोन क्यामरा जफत गरी क्यामराका धनी र उडानमा संलग्न व्यक्तिलाई प्रचलित कानुन बमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।





















प्रतिक्रिया