वीरगञ्जको निषेधाज्ञा भोलि बिहानबाट हट्यो

नागरिक संवाददाता, बैशाख ०४, वीरगञ्ज : जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको बिभिन्न स्थानमा लगाएको निषेधाज्ञा भोलि बिहान ७ बजे देखि लागु हुने गरी हटाएको छ । गत चैत्र ३० गते शनिबार वीरगञ्जमा भएको द्धण्द्ध साम्य बनाउने जिल्ला प्रशासन कार्यालयले स्थानिय प्रशासन ऐन २०२८को दर्फा ६ (३क) बमोजिम बिभिन्न स्थानमा निषेधाज्ञा सहित कर्फु लगाएको थियो । हाल आएर अवस्था समान्य भएकोले बैशाख ०५ गते बिहान ७ बजे देखि निषेधाज्ञा हटाएको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याले जानकारी दिनु भयो ।

Advertisement