
नागरिक संवाददाता,बैशाख ०८ पर्सा । १८औं स्थापना दिवसको अवसरमा बाराको उत्तरझिटकैयामा रहेको सशस्त्र प्रहरी बल नेपाल नं.१२ गण हेड क्वाटरमा आँखा शिबिर सम्पन्न भएको छ । किरण आँखा अस्पतालको सहयोगमा भएको सो शिबिरमा १० जना महिला सहित ९० जना सुरक्षाकर्मीको आँखा परिक्षण भएको अस्पतालका संचालक डा.अमर क्यालले जानकारी दिनुभयो । शिबिरमा निशुल्क औषधी समेत बितरण गरिएको डा. क्यालको भनाई छ । शिबिरमा नेत्र बिशेषज्ञ ज्योति कर्ण तथा पुष्पा सरार्फ त्यसैगरी नेत्र सहयोगी कमलेश महतो,बिकास मण्डल तथा रामबाबु चौरसियाले प्राबिधिक सहयोग गरेका थिए ।




















प्रतिक्रिया