पर्सामा सवारी दुर्घटनामा परेर युवकको मृत्यु

नागरिक संवाददाता, बैशाख ०९, पर्सा : पर्सामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा पर्साकै जिराभवानी गाउँपालिका – २ ३० वर्षीय बिहारी राम रहेको प्रहरीले जनाएको छ ।जगरनाथपुर गाउँपालिका–२ पाँडेपुरस्थित सडकमा सोमबार बिहान ग ५ प ८३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा उक्त मोटरसाइकलमा पछाडि सवार रामको मृत्यु भएको हो ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाइकल चालक घाइते भएका छन् । उनको एलएस न्युरो अस्पतालमै उपचार भइरहेको छ ।

Advertisement

Advertisement