कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव भेटियो

नागरिक न्युज डेस्क, बैशाख ०९, धनगढी : कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा शव फेला परेको छ ।बेलौरी नगरपालिका-१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै मंगलबार बिहान पौने ७ बजेतिर जलेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै जलेको अवस्थामा शव भेटिएको बताए ।शवको सनाखत भने हुन सकेको छैन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement