पैडल हिड्दा सर्वसाधारणको स्वास्थ्य राम्रो हुने भएकोले ट्राफिक व्यवस्थापनमा सहयोग गर्न डा.सिंहको आग्रह


लालबाबु सिंह, नागरिक खबर,१३ बैशाख,पर्सा :
वीरगञ्जको ट्राफिक व्यवस्थापनमा सहयोग गर्न नागरिक समाजले सहयोग गर्न नेपाल चिकित्सक संघका मधेस प्रदेश संयोजक डा.निरज कुमार सिंहले आग्रह गर्नु भएको छ । वीरगञ्ज युवा समाजले आयोजना गरेकोे भित्तेपात्रो लोकार्पण कार्यक्रमलार्य प्रमुख अतिथिको रुपमा संबोधन गर्दै संयोजक डा.सिंहले ट्राफिक प्रहरीसंगको सहकार्यमा स्थानियहरुलाई गाडी, मोटरसाइकल पार्किङमा ट्राफिक समस्या देखिएकोले पैडल हिड्दा सर्वसाधारणको स्वास्थ्य समेत राम्रो हुने भएकोले सो कुरा ध्यान दिन आग्रह गर्नु भयो । प्रमुख अतिथि डा.सिंहले वीरगञ्ज युवा समाजले सधै युवा, समाज र देशमा बिधमान कुरिती, बिकृती विसङ्गतीहरु बिरुद्ध लडनुको साथै आपत बिपत परेको समयमा अग्रस्थानमा रहि समुदायसंग हातेमालो गरि विभिन्न कार्यक्रम गरि सेवा गर्दै आएको र समाजको कार्य बिगत १३ बर्षदेखी निरन्तर अझ बढी प्रभावकारी रुपले सेवा गरिरहेकोमा प्रशंसा गर्नु भयो । सिंहले वीरगन्जको होटल मकालुको सभाहलमा २०८२ सालको भित्तेपात्रो लोकार्पण पनि गर्नु भयो ।


कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक निरोज चौलागाईं ,जिल्ला ट्राफिक कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्ट, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, होटल मकालुका डाईरेक्टर तथा भेट्रान्स क्लब वीरगन्ज का वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठ,फोटो पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष पंकज श्रेष्ठ,संस्थापक सल्लाहकार मार्टिन मोक्तान, कुर्मी सशक्तीकरण मन्च पर्साका अध्यक्ष दिपक पटेल, समाजका उपाध्यक्ष सुभद्रा राणा,अस्मिता गौतम,सदस्यहरु पुर्ण गुरुङ, सुशील श्रेष्ठ,निरज श्रेष्ठ, राजु गुप्ता,सुमन पौडेल,मनोज गुप्ता,शैलेन्द्र यादव ,कमलेश गुप्तालगायत पदाधिकारी सदस्यहरुकोे सहभागिता रहेको थियो ।
कार्यक्रममा समाजका कार्यहरु बारे सल्लाहकार मार्टिन मोक्तानले प्रकाश गरेका थिए भने स्वागत मन्तव्य समाजका सदस्य पंकज श्रेष्ठ र सहजिकरण सदस्य बिनोद धिमालले गरेका थिए ।

Advertisement