नेशनल मोडेल एकेडेमी संस्थागत विद्यालय तर्फ उत्कृष्ट विद्यालय हो – प्रसौनी गा.पा प्रमुख जयसवाल

मनोज कुमार मिश्र, नागरिक, बैैैशाख १४ बारा : शिक्षा सगै आ–आफनो बालबालिकाको स्वाथ्यमा पनि ख्याल राख्न सम्पुर्ण अभिभावकहरुलाई प्रसौनी गाउँपालिकाका प्रमुख बिनोद प्रसाद जयसवालले अनुरोध गर्नु भएको छ । नेशनल मोडेल एकेडेमीले आयोजना गरेको वार्षिक उत्सव कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गा.पा प्रमुख जयसवालले प्रसौनी गाउँपालिकामा संस्थागत विद्यालय तर्फ नेशनल मोडेल एकेडेमीले निकै राम्रो एवम् उत्कृष्ट विद्यालय भएको बताउनु भयो । सो अवसरमा वहाँले विद्यालय परिवारले गरेको मेहनतको पनि प्रशंसा गर्नु भयो । बाराको प्रसौनी गाउँपालिका वडा नं.०३ मा रहेको नेशनल मोडल एकेडेमीले विद्यालयको वार्षिक उत्सवलाई सांस्कृति कार्यक्रम तथा स्वास्थ्य परिक्षण शिबिर गरेर मनाएको हो । कार्यक्रममा बिशिष्ट अतिथिमा कमला डेण्टल क्लिनिकको संचालक डा.राहुल गुप्ता, प्रसौनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख संतोष प्रसाद साह, किरण आँखा अस्पतालकी अप्ट्रोमेट्रिष्ट सम्झना चौधरी, अतिथिहरु गा.पा. कार्यपालिका सदस्य शिवजी प्रसाद कलवार, वडा नं.०३का वडाअध्यक्ष छोटेलाल साह कानु, संस्थागत विद्यालयका प्रतिनिधि श्रीलाल साहलगायतले शुभकामना मंतव्य व्यक्त गरेका थिए । यसैगरी, किरण आँखा अस्पताल तथा कमला डेन्टल क्लिनिकको सहकार्यमा शिबिर संचालन भएको विद्यालयका प्र.अ.अजित कुमार साहले जानकारी दिनु भयो । करिब सात सयको शंख्यामा विद्यार्थी सहित स्थानिय अभिभावकहरुको पनि आँखा एवम् दंत परिक्षण भएको छ । शिबिर सगै विद्यालयले सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिएको छ । बिभिन्न कक्षामा उत्कृष्ट भएका माथिल्लो कक्षा तथा तल्लो कक्षाका विद्यार्थीहरुलाई तिन महिनाको छात्रबृत्ति, यसैगरी अन्य कक्षा पहिलो भएका सबै विद्यार्थीहरुलाई अघिल्लो वर्षको पुस्तक पुरस्कार स्वरुप बितरण गरिएको छ भने दोस्रो तथा तेस्रो भएका विद्यार्थीहरुलाई पुरस्कार स्वरुप स्टेशनरी सामग्री बितरण गरिएको प्र.अ साहको भनाई छ । कार्यक्रम विद्यालयका निर्देशक बिश्वनाथ साह कानुको अध्यक्षतामा सम्पन्न भएको हो ।

Advertisement