किरण आँखा अस्पतालको नेशनल मोडल एकेडेमीमा आँखा शिबिर सम्पन्न


मनोज कुमार मिश्र, बैशाख १५, बारा : किरण आँखा अस्पतालले बाराको नेशनल मोडल एकेडेमीमा आँखा शिबिर सम्पन्न गरेको छ । शिबिरमा ३५० विद्यार्थीहरुको निशुल्क आँखा परिक्षण भएको किरण आँखा अस्पतालका संचालक डा अमर क्यालले जानकारी दिनु भयो । विद्यार्थी सहित तिनको अभिभावकहरको पनि आँखा परिक्षण गरिएको छ । अभिभावकहरुमा मोतिया बिन्दको समस्या पनि देखिएको छ । नेशनल मोडल एकेडेमीका प्र.अ.अजित कुमार साहका अनुसार शिबिरबाट निकै फाईदा भएको बताए । स साना नानी बाबुहरुमा दृष्टी समस्या देखा परेकोले यस प्रकारको शिबिरबाट नियमित आँखा जाँच गराउन नाजाने अभिभावकहरु बढी लाभान्वीत भएका हुन ।

शिबिरमा परिक्षणको क्रममा आँखा चिलाउने, पढाईको समयमा शिक्षकले लेखेका कुरा राम्ररी पढन नसक्ने समस्या फेला परेको अप्टोमेट्रिष्ट सम्झना चौधरीले जानकारी दिनु भयो । शिबिरमा किरण आँखा अस्पतालका अप्टोमेट्रिष्ट पुष्पा सरार्फ,ऋिधी कुशवाहा,सुमन सहनी,मनिषा सहनी, नेत्र साहायक राजकुमार भण्डारी, रामबाबु चौरसियालगायतको सहभागीता रहेको थियो । विद्यालयले किरण आँखा अस्पताललाई सम्मान पनि गरेको छ ।

Advertisement