बिकन सेकेन्डरी स्कुलद्धारा आमा सम्मान कार्यक्रमको आयोजना


लालबाबु सिंह,नागरिक खबर,१५ बैशाख, पर्सा : प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन मनाइने ‘आमाको मुख हेर्ने पर्व’ आईतबार श्रद्धा र भक्तिभावका साथ मनाइएको छ । वीरगञ्जको बिकन सेकेन्डरी मा बिले पनि आईतबारका एक कार्यक्रमको आयोजना गरि स्कुलमा पढ्ने बालबालिकाहरुको आमालाई सम्मान गरिएको छ । सो कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायको आतिथ्यमा एवं शैक्षिक सहिद मुकुन्द प्रसाद स्मृति खनाल प्रतिषठान पर्साकि अध्यक्ष मुना कुमारी खनालको अध्यक्षता तथा विशिष्ट अतिथिमा स्कुलका प्रीन्सिपल जय कुमार दनुवार, शिक्षकहरु रिना बिश्वकर्मा, सुबास भट्टराई,संचारकर्मी,स्कुलका शिक्षक,अभिभावक सहित उपस्थिति रहेको थियोे।  कार्यक्रममा स्कुलका स–साना बालबालिकाहरुले विभिन्न कविता, गित वाचन गरि संगीतमा नाचगान गरि सबै आमाहरुलाई झुमाएका थिए। बिकन सेकेन्डरी स्कुलका संचालक वरिष्ठ समाजसेवी प्रकाश उपाध्यायले मातातिर्थ औसि अर्थात आमाको मुख हेर्ने दिन हामी सन्तान एवं आमाहरुको लागि निकै महत्त्वपूर्ण रहेको छ र यो दिन सन्तान्हरुले पर्वको रुपमा मनाएर आमालाई मीठा–मीठा खानेकुरा खुवाउने, नयाँ लुगा उपहार दिने र आशीर्वाद लिने गरेको बताए । आफ्नो जन्मदाता एवं प्रथम गुरु आमा प्रति सम्मान कृतज्ञता व्यक्त गर्ने गर्दछौ र आमा जीवित नभएका व्यक्तिहरूले भने विभिन्न तीर्थस्थल गइ श्रद्धाञ्जली अर्पण गर्ने गरिन्छ, यो पर्वले बिभिन्न सांस्कृतिक तथा पारिवारिक सम्बन्ध सुदृढ गर्ने भएकोले आमाप्रतिको माया र सम्मान अभिव्यक्त गर्ने अवसर प्रदान गरेको । धार्मिक विश्वास अनुसार यस दिन आमाको मुख हेरेर आशीर्वाद लिनाले दीर्घायु र समृद्धि प्राप्त हुने बताए । कार्यक्रम संचालन शिक्षक राहुल साहले गरेका हुन ।

Advertisement