राप्रपा पर्साको बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न

राजेन्द्र सिंह, नागरिक खबर,बैशाख २७ पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साले वीरगञ्जमा बृहत् पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ । आजको पार्टी प्रवेश कार्यक्रममा २ सय ५० भन्दा बढीले विभिन्न पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गरेको प्रवक्ता मनोज कुमार मिश्रले जनाएका छन्। नवप्रवेशीहरूलाई राप्रपाका केन्द्रीय सदस्य नन्दु श्रीवास्तव तथा पर्सा जिल्लाका नेताहरूको उपस्थितिमा पार्टीमा स्वागत गरिएको प्रवक्ता मिश्रको भनाई छ । राप्रपाले निकट भविष्यमा पनि यस्ता कार्यक्रमहरू जारी राख्दै संगठन सुदृढीकरणमा अझ सक्रियता देखाउने नेता चन्दन मिश्रले बताएका छन ।

Advertisement

Advertisement