रक्सौलमा किरण आँखा अस्पतालको सहकार्यमा निशुल्क आँखा शिबिर,३०० जनाको आँखा परिक्षण


राजेन्द्र सिंह, बैशाख ३१, वीरगञ्ज । रक्सौलमा किरण आँखा अस्पतालको सहकार्यमा भएको निशुल्क आँखा शिबिरमा ३०० जनाको आँखा परिक्षण भएको छ । अखिल भारतीय मारवाड़ी महिला सम्मेलन रक्सौल शाखाको आयोजनामा श्री सत्यनारायण मारवाड़ी पंचायती मन्दिर परिसर, बैंक रोडमा एक दिवसीय निःशुल्क आँखा जाँच शिविर संचालन भएको अस्पतालका संचालक डा.अमर क्यालले जानकारी दिनु भयो । उक्त शिविरको उद्घाटन डा. अमर क्याल, अध्यक्ष सोनु काबरा लगायत पदाधिकारीहरूले दीप प्रज्वलन गरी संयुक्त रूपमा गरेका हुन । कार्यक्रममा नेपाल (वीरगञ्ज) की प्रख्यात स्त्री रोग विशेषज्ञ डा.नवनीत राज पाण्डेयलाई विशेष सम्मान समेत प्रदान गरिएको थियो । किरण आँखा अस्पतालको टोलीले सञ्चालन गरेको शिविरमा ३०० भन्दा बढी व्यक्तिको आँखाको परीक्षण गरिएको थियो। शिबिरमा आँखाको रातोपन, दृष्टि कमजोरी, मोतियाबिन्दुआदि समस्या पाइएको र बिरामीहरूलाई निःशुल्क औषधि वितरण गरिएको डा.अमर क्यालले जानकारी दिनु भयो ।

Advertisement