
नागरिक24खबर,न्युज डेस्क,१ जेठ,पर्सा : नेशनल मेडिकल कलेज शिक्षण अस्पतालद्वारा आयोजित नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम वीरगञ्जको घडीअर्वा पोखरी अवस्थित सम्पन्न भएको छ। स्थानीय सर्वसाधारणलाई लक्षित गरी आयोजित सो शिविरमा विभिन्न रोगका २०८ जना बिरामीहरूले आफ्नो स्वास्थ्य परीक्षण गराएका छन्।शिविरको नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका निर्देशक डा.इसरत जहाँ अन्सारीको अध्यक्षतामा भएको हो । बिहानको समयमा मर्निङ वक गर्ने नगर क्षेत्रका बासिन्दालाई लक्षित गर्दै आयोजित कार्यक्रममा जनस्वास्थ्यका विविध पक्षमा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको आयोजकहरूले जनाएका छन ।
Advertisement
स्वास्थ्य शिविरमा कन्सल्टेन्ट डा. इमरान अली.डा उदित यादव, डा. मो. राशिद कलाम (पिजी), डा. विवेक भारतीले बिरामीहरूको जाँच तथा परामर्श गरेका थिए। साथै, नर्सिङ्ग सेवा प्रदान गर्न बबिता श्रेष्ठ, प्रजिता फूयाल, समिक्षा रिताल र सांतिका कू. सिंहको टोली खटिएको थियो।कार्यक्रममा मेट्रोन विकास गुप्ता तथा प्रेस प्रतिनिधि आसिक अन्सारीको पनि उपस्थिति रहेको थियो। शिविरमा अधिकांश बिरामीहरूमा उच्च रक्तचाप, मधुमेह, पेट सम्बन्धी समस्या, श्वासप्रश्वासका समस्या र सामान्य संक्रमणजस्ता स्वास्थ्य समस्या देखिएको चिकित्सकहरूले जनाएका छन्।शिविरमा आएका बिरामीहरूले सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त भएको भन्दै आयोजकप्रति आभार प्रकट गरेका छन्। उनीहरूले यस्ता कार्यक्रमले गाउँघरमा स्वास्थ्य चेतना फैलाउन र उपचारको पहुँच सहज बनाउन सघाउ पुग्ने बताएका छन्।
यस्ता शिविरहरूले ग्रामीण भेगका जनतामा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नका साथै प्राथमिक उपचारका माध्यमबाट गम्भीर रोगहरू पहिचान गर्ने अवसर प्रदान गर्ने भएकाले निरन्तरता आवश्यक रहेको सहभागीहरूको धारणा छ।




















प्रतिक्रिया