
अभिलाष गुप्ता
लायन्स क्लब अफ वीरगन्ज सेसमी एकेडेमी द्वारा वीरगन्ज कपडा बैकलाई कपडा सहयोग प्रदान ।
लायन्स क्लब अफ वीरगन्ज सेसमी एकेडेमीले वीरगन्ज कपडा बैंकलाई एक कार्यक्रम गरि कपडा सहयोग गरेको छ । वीरगन्ज ३ प्रगतिनगरमा अवस्थित सेसमी एकेडेमीका जोन चेयर पर्सन सलमा खातुन,डिष्ट्रीक डिपार्टमेन्ट चिफ आश्मा सिंह यादव र सदस्य अजय कुमार साहले बैंकको कार्यालय मै पुगेर २ बोरा र २ झोला कपडाहरु बैंकका उपाध्यक्ष मोनिका सिंहलाइ हस्तान्तरण गर्नुभयो । सो अवसरमा वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,कोषाध्यक्ष मनोज मिश्रा र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।
सो अवसरमा लायन खातुनले वीरगन्ज कपडा बैंकले विगत लामो समय देखि दिन दुखी असहाय ,आगलागी, बाढी पिडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवाभाव प्रती हामी सबै खुशी छौ र अहिले चिसोको समयमा बिपन्न असहायहरुले नया गर्म र न्यानो सुकिलो कपडा किन्न नसकनेहरु लाइ नया जस्तै कपडा उपलब्ध गराउन हामिले वीरगन्ज कपडा बैंकको सुकार्यमा हातेमालो गर्न केही कपडाहरु लियेर आएका छौ साथै आगामी दिनमा हाम्रो साथ सहयोग रहनेछ भनी प्रतिबद्धता ब्यक्त गरेका थिए भने लायन यादवले दिनदुखी असहायको सेवा सहगोग नै मानवको कर्तव्य भएकोले लायन्स क्लबले सधै महत्त्वका साथ विभिन्न कार्यक्रम गरि सेवा कार्य गरिरहेको सर्वबिदितै रहेको र वीरगन्ज कपडा बैंकको सुकार्यमा हामिले पनि थोरै भए पनी कपडा सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताउदै आउने समयमा पनि सहयोग गर्ने बताउनु भयो ।
सो अवसरमा बैंकका अध्यक्ष सिंहले तपाई संग धेरै छ भने हामिलाइ दिएर जानुस र तपाईं संग छैन वा आवश्यकता छ भने हामी संग निशुल्क लियेर जानुस को मुलमन्त्रलाइ आत्मसात गरि कोइ नाङ्गो नरहोस ,सबैले नया नभए पनि सुकिलो र जाडोमा न्यानो कपडा लगाओस भनेर विगत ६ वर्ष देखि वीरगन्ज -८ मा कार्यालय स्थापना गरि पर्सा र बाराको केही स्थानहरुमा सेवा प्रवाह गर्दै आइरहेको बताउदै विगतमा पनि लायन्स क्लबले विभिन्न सेवामुलक कार्यहरु गर्नुका साथै दिन दुखी असहायको सेवा सहयोगमा सकृय भुमिका निभाउदै आएको र अहिले पनि दिनदुखी असहायको लागि कपडा सहयोग गरेकोमा बैंकका तर्फबाट हार्दिक आभार धन्यवाद दिदै आगामी दिनमा पनि एकेडेमीको सहयोग जारी रहनेमा आशावादि रहेको र आउदो समयमा जाडो बढ्ने हुनाले न्यानो कपडा ,कम्बलहरु सहयोग गर्न सम्पुर्ण मानवताप्रेमी सहयोगी हातहरु लाई आग्रह समेत गरेका थिए वीरगन्ज कपडा बैकका सक्रिय सदस्य अभिलाष गुप्ताले जानकारी गराएका थिए।




















प्रतिक्रिया