महिला उद्यमी तथा सक्रिय समाजसेवी महिलाहरूले जनमत पार्टीको सदस्यता ग्रहण

साबिर हुसैन, जेष्ठ २२,वीरगंज ।

जनमत पार्टीप्रति सबै वर्गको आकर्षण तीव्र रूपमा बढिरहेको संकेत दिंदै,पर्सा जिल्लाको पार्टी कार्यालयमा आयोजित एक विशेष कार्यक्रममा जिल्लाका महिला उद्यमी तथा सक्रिय समाजसेवी महिलाहरूले जनमत पार्टीको सदस्यता ग्रहण

Advertisement

गरेका छन्।
पार्टी प्रवेश गर्ने प्रमुख महिलाहरूमा अनिता महतो, लालमुनी महतो, पुजा कुमारी साह, इन्दु देवी, बबिता देवी, सुदामा देवी, अर्चना चौधरी, रोमा चौधरी, र सुगन्धी देवी लगायत छन्।
उनीहरूलाई जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, केन्द्रिय सदस्य रम्भा मिश्र, महानगर अध्यक्ष महादेव शर्मा, महिला जिल्ला अध्यक्ष अन्जना गुप्तालगायत नेताहरूले स्वागत गर्दै औपचारिक सदस्यता प्रदान गरे।

पार्टी प्रवेश कार्यक्रममा क्षेत्र नं. १ का अध्यक्ष गगनदेव यादव, महानगर उपाध्यक्ष केदार पटेल, सचिव लोकेश कर्ण, महानगर युवा अध्यक्ष संजय सिंह, जिल्ला सदस्य नागेन्द्र यादव तथा नेता नितम गिरी लगायतको उपस्थिति रहेको थियो।

Advertisement

कार्यक्रमकै क्रममा जिल्ला अध्यक्ष सरार्फले वीरगंजका सक्रिय सामाजिक कार्यकर्ताहरूको नेतृत्वमा सयौं युवाहरू पनि चाँडै जनमत पार्टीमा प्रवेश गर्ने कार्यक्रम तय भइसकेको जानकारी दिएका छन्।

Advertisement