
२०८२ जेठ २४ गते,काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले इद उल अजहा (बकर इद) जस्ता पर्वले भाइचारा र समानताको सन्देश प्रवाह गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका छन्। मुस्लिम समुदायको पर्व इद दल अजहा (बकर इद) को अवसरमा शुभकामना दिँदै उनले यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा साँस्कृतिक विविधताबीच आपसी सद्भाव कायम राख्ने बताएका छन्। ‘विश्वास, समर्पण र समाज सेवाको सन्देश बोक्ने यस्ता चाडपर्वले विश्वको विभिन्न स्थानमा छरिएर रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप, एकता, भ्रातृत्व एवं सहअस्तित्वका आधारमा आ-आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्धन र विकासमा टेवा पुग्ने अपेक्षा गरेको छु’, उनले भनेका छन्।
Advertisement
काठमाडौँ, असार १५ गते । सभामुख डोलप्रसाद अर्यालले जोखिममा आधारित, प्रविधिमैत्री तथा नतिजामुखी लेखा परीक्षणको…















प्रतिक्रिया