पहिलो आदर्श ईन्टर स्कुल तेक्वान्दो चैम्पियन सीप २०८१ सम्पन्न भएको छ।


अभिलाष गुप्ता
बिरगंज ०९ मंसिर बिरगंजको आदर्शनगर वडा नम्बर १० स्थित श्री आदर्श स्कुलमा पहिलो आदर्श ईन्टर स्कुल तेक्वान्दो चैम्पियन सीप २०८१ कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा प्रमुख अतिथी मधेश बिश्व बिधालयका उपकुलपति डा. दिपक शाक्यको आतिथ्यमा सम्पन्न भएको थियो भने विशिष्ट अतिथी राज कुमार लामा , गणेशमान श्रेष्ठ ,वडा नम्बर १० का वडा अध्यक्ष सुशील कानु , हरि रत्न तुलाधर , राम बिनोद पाण्डे लागाएतकाहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो। पहिलो आदर्श ईन्टर स्कुल तेक्वान्दो चैम्पियन सीपमा ८ वटा स्कुलहरु बाट मिलाएर १९४ जना विद्यार्थी भाईबहिनिहरूले भाग लिएका थिए। सो तेक्वान्दो प्रतियोगितामा जीवनज्योती माविले सर्वाधिक पदक जित्दै सर्वोत्कृष्ट विद्यालयको उपाधि हासिल गरेको थियो। जीवनज्योतीले प्रतियोगितामा ६ स्वर्ण, २ रजत र ४ कास्य पदक जित्दै कुल १२ पदकसहित उत्कृष्ट स्थान प्राप्त गरेको हो। जीवनज्योतीका विद्यार्थीहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै प्रतिद्वन्दीहरूलाई पराजित गरेका थिए। प्रतियोगितामा सहभागी विद्यार्थी अमित साहले आफ्नो टोलीको नतिजाले थप उत्साह थपेको र विद्यालयको प्रतिष्ठा वृद्धि भएको बताउनुभयो।जीवनज्योती माविको तर्फबाट प्रतियोगितामा जुनियर र सिनियर समूहमा गरी १८ जनाको टोली सहभागी भएको थियो। विद्यालयका विद्यार्थीले प्राप्त गरेको यो उपलब्धिले विद्यालय परिवारमा खुसी छाएको छ। विद्यालयकी सञ्चालिका मिनाक्षी गुप्ताले विद्यार्थीको सफलताले विद्यालयको पहिचान वृद्धि हुनुका साथै यसले थप प्रेरणा दिएको बताउनुभएको थियो भने दोस्रो उपाधी आदर्श स्कुलका
विद्यार्थीहरुले हासिल गर्न सफल भएको थियो भने तेस्रो उपाधी ब्राइट पब्लिक स्कुलका विद्यार्थीहरुले हासिल गरेका थिए। जस मधे बेस्ट प्लेयर अफ दी मेलको उपाधी ब्राइट पब्लिक स्कुलका हेमन्त गुप्ता लाई दिइएको थियो भने बेस्ट प्लेयर अफ दी फिमेलको उपाधी आदर्श स्कुलका प्रसंसा गुप्ता लाई दिइएको थियो। सबै खेलाडीहरुलाई प्रमुख अतिथी एवम् विशिष्ट अतिथी द्वारा मेडल तथा ट्रफि प्रदान गरिएको थियो।

Advertisement