नागरिक न्युज डेस्क,जेष्ठ २८ पर्सा । किरण आँखा अस्पतालले बाराको फत्तेपुरमा रहेको स्नो एपेक्स बिद्यालयमा आँखा शिबिर सम्पन्न गरेको छ । बिहान ७ बजे देखि सुरु भएको शिबिर १० बजे सम्पन्न संचालन भएको हो । बिद्यालयका अध्ययनरत करिब तीन सय बिद्यार्थीहरुको आँखा परिक्षण भएको किरण आँखा अस्पतालका संचालक डा.अमर क्यालले जानकारी दिनु भयो । उक्त शिबिरमा १८ जना बिद्यार्थीको आँखामा सामान्य समस्या देखिएको डा क्यालले जानकारी दिनु भयो । उनिहरुको अभिभावक संगको सहकार्यमा थप उपचार किरण आँखा अस्पतलमा हुनेछ । शिबिरमा आसपासका स्थानिय अभिभावकहरुको पनि आँखा परिक्षण भएको थियो ।



















प्रतिक्रिया