जेष्ठ २८, पर्सा । ट्राफिक नियमप्रति जनचेतना जगाउँदै, बिरगंजमा ट्राफिक सप्ताह सम्पन्न भएको छ ।एक हप्ता लामो ट्राफिक सप्ताहको समापन बुधवार साँझ बिरगंजको घन्टाघर चौकमा दीप प्रज्वलन गर्दै गरियो। कार्यक्रमले ट्राफिक नियमप्रति जनसाधारणमा चेतना फैलाउने उद्देश्यका साथ विभिन्न जनचेतनामूलक गतिविधि सम्पन्न गर्दै समापन पाएको हो।
समापन समारोहको अध्यक्षता जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रले गरे। कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख लोकराज भट्ट, प्रहरी वरिष्ठ नायब निरीक्षक गुणनिधि खकुरेल, वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईं, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, पत्रकार, सर्वसाधारण तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति थियो।
Advertisement
एसपी मिश्रले नागरिकको सचेत सहभागिताबिना सडक सुरक्षामा सुधार ल्याउन सकिने नहुने बताए। उनले भने, “सडक दुर्घटना न्यूनीकरण गर्न र ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न समाजका सबै तहमा चेतना आवश्यक छ।”
सप्ताह भरि ट्राफिक प्रहरीले सडक नाटक, सचेतनामूलक र्याली, विद्यालयमा ट्राफिक नियमसम्बन्धी जानकारीमूलक कार्यक्रम जस्ता विविध गतिविधि सञ्चालन गरेका थिए। साथै, नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई सचेत गराइ नियमको पालनामा प्रेरित गरिएको थियो।
Advertisement
कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको ट्राफिक प्रहरीले जनाएको छ। सहभागीहरूले यस किसिमका जनहितका कार्यक्रमहरू नियमितरूपमा आयोजना गर्नुपर्ने आवश्यकता औंल्याएका छन्




















प्रतिक्रिया