उदासीनताको बीचमा नबिलका सन्तोष साहले घाइते दुई युवालाई ज्यान बचाए

नागरिक न्युज,असार ०३,नितनपुर, बारा | बाराको नितनपुरमा आज बिहान भएको भिभिषिक  दुर्घटनामा घाइते दुई युवालाई नबिल बैंकका सन्तोष कुमार साहले उद्धार गरेका छन्। सर्वसाधारणको उदासीनताको बीच उनको साहसिक कदमले युवाहरूको ज्यान बचायो।

Advertisement

११ बजेर केही बेरमा शालीमार एग्रो नजिकै नम्बर २५ प ५३ को मोटरसाइकल डिभाइडरमा ठोकिएर दुई सवार (नितनपुरका प्रदिप पासवान, ३७ र परवानीपुरका प्रकाश साह कानु, २१) गम्भीर घाइते भए। ती दुवै सडकमा छटपटाइरहेका थिए, तर घटनास्थलका मानिसहरूले सहयोग गरेनन्। त्यही समय त्यसै बाटो हुँदै जाँदा सन्तोष साहले दृश्य देखे र तुरुन्तै आफ्नो सवारी रोकेर घाइतेहरूलाई बचाउँदै वीरगञ्जको नारायणी वयोधा अस्पताल पुर्याए।

घाइतेहरूको आफन्त नआउन्जेल साहले नै अस्पतालका सम्पूर्ण औपचारिकताहरू पूरा गरे। चिकित्सकहरूले समयमा उपचार सुरु भएकोले दुवैको अवस्था स्थिर रहेको बताए। सन्तोष साहले यो मानवीय कार्य परिवार र कार्यालयबाट पाएको सामाजिक दायित्वबोध र सेवाभावनाको प्रतिफल बताए।

Advertisement

सन्तोष साह यसअघि पनि तीन जनाको ज्यान बचाएर चर्चामा परिसकेका छन्। आजको उनको कार्यले संकटकालमा तत्काल सहयोगको महत्त्वपूर्ण भूमिका रहेको प्रमाणित गर्छ।

Advertisement