
असार ११, पर्सा । डेसिमल कलेज वीरगन्जमा बुधबार जिल्ला सरकारी वकील कार्यालय पर्साले समुदायमा सरकारी वकील एक दिवसीय कार्यक्रम सम्मपन्न गरेको छ । जिल्ला न्यायाधिवक्ता भोलानाथ निरौलाको अध्यक्षतमा सम्पन्न कार्यक्रममा पर्सा जिल्ला सरकारी वकील कार्यालय पर्साकोका सहायक जिल्ला न्यायाधिवक्ता अनन्त राज न्यौपाने र अर्का जिल्ला सहायक न्यायाधिवक्ता उर्मिला कोज्युले सरकार वकीलको काम काज र भूमिका बारे जानकारी दिनुभयो । कार्यक्रममा जिल्ला सरकारी वकील कार्यालयका ना.सु कृष्ण बिहारी राय यादवले पनि कानुनी शिक्षाको महत्व बारे दर्शाउनु भएको थियो । जिल्ला सरकारी वकील कार्यालय पर्साले डेसिमल कलेजको कक्षा १२ मा अध्यनरत कानुन संकायको उपस्थित ८० विद्यार्थी माझ आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा सोही कलेजको फाउन्डर तर्फको सन्नी दुबेलाई आमन्त्रित गरेको थियो । उक्त कार्यक्रमबाट विद्यार्थीहरु अदालत र समाज बिचको सम्बन्धलाई धेरै नजिकबाट बुझ्ने अवसर प्राप्त गरेका थिए ।





















प्रतिक्रिया