अपराध नियन्त्रणमा Bps+2 काे तालिमले सहयोग पुग्ने-प्रहरी प्रमुख मिश्र

कन्हैया पटेल, असार १३, पर्सा ।युवाहरु साईबर अपराधमा बढि फस्ने गरेकाे पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनु भएको छ । Bps+2 College ले आयोजना गरेको Motivational Tranning कार्यक्रममा प्रमुख अतिथिको रुपमा सन्बोधन गर्दै प्रहरी प्रमुख मिश्रले College ले बिद्यार्थीहरूकाे लागि आयोजना गरेको यस प्रकारको तालिमले अपराध नियन्त्रणमा सहयोग पुग्ने बताए । College का Academic head दिपक पटेलकाे अध्यक्षतामा भएको कार्यक्रममा वीरगञ्ज उद्याेग वाणिज्य संघका अध्यक्ष हरि गाैतमले बिद्यार्थीहरुलाई अधुरो पढाई नगर्न आग्रह गर्नु भयो । कक्षा १२ पछि उच्च शिक्षा हासिल गरि मात्र कुनै प्रकारको कार्यमा प्रवेश गर्न अनुरोध गर्नु भयो । मोटिभेशन कार्यक्रममा शिक्षा बिद् अनिल वर्णवाल, काब्या एकेडेमीका निर्देशक हरेन्द्र कुशवाहा,वीरगञ्ज पब्लिक ईग्लीस सेकेन्डरी स्कुलका निर्देशक राजेन्द्र चौधरी, Bps+2का निर्देशक संदिप कुशवाहालगायतले शुभकामना मंतव्य व्यक्त गरेका थिए । कार्यक्रको सहजीकरण Collegeका छात्रतथा छात्राहरुले गरेका थिए ।

Advertisement

 

Advertisement