सञ्चारकर्मीहरूका लागि ३ दिने क्षमता अभिवृद्धि कार्यक्रम सुरु

असार १३, पर्सा । वीरगञ्जस्थित होटल वृन्दावनमा सञ्चारकर्मीहरूका लागि तीन दिने क्षमता अभिवृद्धि कार्यक्रमको भव्य शुभारम्भ गरिएको छ। ‘आम सञ्चार माध्यम तथा सञ्चारकर्मीहरूका लागि क्षमता अभिवृद्धि’ शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रममा वीरगञ्जका विभिन्न सञ्चारमाध्यमहरूबाट प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ।

Advertisement

कार्यक्रम नेपाल आजतक मिडिया प्रा.लि. वीरगञ्ज, पर्साको आयोजनामा तथा वीरगञ्ज महानगरपालिकाको सहयोगमा सुरु गरिएको हो। आयोजकका अनुसार कार्यक्रम तीन दिनसम्म सञ्चालित हुनेछ, जसमा पत्रकारिता क्षेत्रसँग सम्बन्धित विविध विषयहरूमा विशेषज्ञहरूद्वारा प्रशिक्षण दिइनेछ।कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारी प्रमुख अतिथिका रूपमा सहभागी थिए। यस्तै समाजवादी प्रेस संगठनका केन्द्रीय सचिव बृजलाल पासवान, मधेस प्रदेश अध्यक्ष मनोज पटेललगायत विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो।कार्यक्रम नेपाल आजतक मिडिया प्रा.लिका सञ्चालक विनोद पटेलको अध्यक्षतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा वक्ताहरूले प्रेस स्वतन्त्रता, उत्तरदायित्व, तथ्य जाँच र डिजिटल पत्रकारितामा भएका चुनौतीहरूबारे धारणा राखेका थिए।

Advertisement

आयोजक संस्थाले यस कार्यक्रममार्फत स्थानीय सञ्चारकर्मीहरूलाई अझ दक्ष, जिम्मेवार र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। प्रशिक्षण सत्रहरूमा अनुभव आदान–प्रदान, अभ्यास र विषयगत प्रस्तुति पनि समावेश गरिएको छ।

Advertisement