
कन्हैया पटेल, नागरिक२४न्युज, आसर १५। लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीले नयाँ नेतृत्व चयन गर्दै भव्य समारोहबीच पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ। वीरगंजस्थित होटल अम्ब्रेलामा आयोजित कार्यक्रममा प्रमुख अतिथि लायन डा. रमेश कुमार अग्रवाल, विशिष्ट अतिथि लायन राम बिहारी पाण्डे तथा अतिथि लायन रामेश्वर प्रसाद गुप्ता लगायतको उपस्थिति रहेको थियो।
Advertisement

क्लबकी पूर्व अध्यक्ष लायन डा. लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नवगठित कार्यसमितिका पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए।
Advertisement
नयाँ कार्यसमितिको अध्यक्षमा लायन सुशीला साह चयन हुनु भएको छ भने उपाध्यक्षमा लायन देवन्ती साह, सचिवमा लायन कविता खड्का र कोषाध्यक्षमा लायन डा. मनोज गुप्ता निर्वाचित हुनु भएको छ। समितिका अन्य सदस्यहरूमा लायन गुड्डी जोशी, मिना तिवारी, रोशनी श्रीवास्तव, अनामिका मिश्रा, सुगन्धी कुशवाहा र सरीता सिंह रहनु भएको छ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरू लायन उमेश साह कानु, लायन नरोत्तम पाण्डे, लायन श्याम गुप्ता, लायन बासु तिमलसिनालगायत क्लब सदस्यहरू तथा विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Advertisement
नवनियुक्त सचिव लायन कविता खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। अतिथिहरूले नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै क्लबले सामाजिक सेवाका कार्यक्रमहरूमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेका थिए।




















प्रतिक्रिया