निकै सफा र पारिवारीक भोजपुरी कथानथ चलचित्र नारी शक्ति फिल्म अब बजारमा आउँदै


नागरिक न्युज डेस्क,असार १५, पर्सा । वीरगञ्जमा यहि सेप्टेम्बर २६ तारिकको दिन नारी शक्ति नामक भोजपुरी कथानक चलचित्र प्रदर्शन हुने भएको छ । वीरगञ्जको बसपार्कमा रहेको शोल्टी गार्डेन होटलमा आयोजना भएको पत्रकार सम्मेलनमा चलचित्रका सहनिर्माता रंजित साहले चलचित्रका बारेमा प्रकाश पार्दै फिल्ममा कुनै पनि अश्लील कुरा समावेश नभएको जनाएका छन । परिवारमा बसेर हेर्ने खालका चलचित्र भएकोले डुक्क भएल हल सम्म जान वहाँले सबैमा अनुरोध पनि गर्नु भयो । फिल्म छायाङकको काम लगभग सकिएको छ भने प्रोमो अब छिटै आउँने आयोजकको भनाई छ ।

Advertisement

बरिस्ठ कलाकार नन्दु श्रीवास्तवको प्रमुख अतिथिमा सम्पन्न पत्रकार सम्मेलनमा छठ पर्वको रौनक तथा परिवारमा नारी नभएको अवस्थामा पर्न जाने समस्याको बारेमा बिशेष कथा समेटिएको कलाकारहरुले बताएका छन । कलाकार दुर्गेश चन्द्र यादव र सरोज पण्डितले निर्माण गरेको नारी शक्ति चलचित्रमा रंजित साह, मिथिलेश देवी, सुमन भगतले सहनिर्माताको भूमिका निभाएका छन् । मुख्य कलाकार सावन कुमारले विशुद्ध रूपमा पारिवारिक फिल्म भएको बताउँदै साथ दिन अपिल पनि गरेका छन ।

समिम अनवर कार्यकारी निर्माता रहेको फिल्मको लेखन सरोज पण्डितले गरेका हुन् । अनुपम साहले निर्देशन गरेको फिल्म वीरगञ्जका विभिन्न स्थानमा छायांकन गरिएको छ ।
चलचित्र पत्रकार संघ नेपाल पर्साका अध्यक्ष सूर्यनारायण वि.क.को अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनमा वि.क.ले स्थानीय कलाको संरक्षण र कलाकारको प्रोत्समहनका लागि चलचित्र पत्रकार संघ नेपाल सदैव सहयोग गर्न तयार रहेको बताए ।

Advertisement