पारिवारीक खुशीको क्षण बड्दै मानवसेवा आश्रममा, वीरगञ्ज–११ का सरोज रौनियार उदाहरण बन्दै

असार १७, पर्सा । आफनो परिवारको खुसीका क्षणलाई सामाजिक सेवामा बदल्ने सकारात्मक पहलको प्रयास सुरु गरेका छन वीरगञ्ज–११ का सरोज रौनियार ।
उनले आफ्नी भतिजी निधी रौनियारको दोस्रो जन्मदिन विशेष बनाउने उद्देश्यले परिवार सहित वीरगञ्ज स्थित मानवसेवा आश्रम मनाएका छन । रौनियार परिवारले आश्रममा आश्रित करिब ५० जना जेष्ठ नागरिक तथा असहाय आमाबुबाका लागि विशेष खाजाको व्यवस्थापन उक्त एक दिनका लागि गरेका हुन । कार्यक्रमको क्रममा आमाबुबाहरू सँग समय बिताउँदै उनीहरूलाई मिठो परिकार खुवाएका थिए । सरोज रौनियारले भने,हाम्रो सानो प्रयासले यहाँ रहेका आमाबुबाको अनुहारमा खुसी देख्दा आत्मसन्तोष मिलेको छ, आगामी दिनहरूमा पनि यस्ता सेवा मूलक कार्य निरन्तर दिने उनको भनाई छ । यस्ता सेवा प्रतिको आकर्षण पछिल्लो समय वीरगञ्जमा बढ्दो छ । धेरै व्यक्तिहरू जन्मदिन, वैवाहिक वर्षगाँठ जस्ता व्यक्तिगत विशेष दिनहरूलाई सामाजिक सेवामा बदल्न थालेका छन्। मानवसेवा आश्रमले पनि यस्ता अवसरहरूलाई स्वागत गर्दै समाजमा सकारात्मक सन्देश फैलाइरहेको छ।

Advertisement