
वीरगञ्ज २६ पर्सा । नेसनल एकेडेमी क्याम्पस वीरगञ्जद्ले बिहीवार श्री सारदा माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का ६० जना छात्राहरूलाई नयाँ कपडा वितरण गरिएको छ। वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीस्थितमा बिद्यालयमा आयोजित उक्त कार्यक्रम नेसनल एकेडेमी क्याम्पसका प्रमुख केदार प्रसाद साहले उक्त नया कपडा हस्तानतरण गर्नु भयो ।
Advertisement
कार्यक्रमका अधिवक्ता प्रकाश कुमार उपाध्याय, क्याम्पसका निर्देशक राजकुमार सहनी, प्राध्यापक अफरोज अहमद, अन्य शिक्षकगण तथा क्याम्पसका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। विद्यालयका प्रधानाध्यापक अनिल कुमार बर्णवालको अध्यक्षतामा कार्यक्रम भएको हो । क्याम्पसले शिक्षाको पहुँच वृद्धि र विद्यार्थीहरूको सशक्तिकरणका लागि यस प्रकारका सहयोग कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।



















प्रतिक्रिया