वीरगञ्ज महानगरलिका वडा नं. ०७ मा राप्रपाको वडाईकाई कमिटी गठन

श्रावण १० पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार बिभिन्न स्थानमा समिति गठन गरेको छ । वीरगञ्ज महानगरलिका वडा नं. ०७ मा शनिबार बृहत भेलाद्धारा महेन्द्र प्रसाद साहको अध्यक्षतामा २१ सदस्य कमिटि गठन भएको रा.प्र.पा पर्सा उपाध्यक्ष तथा प्रवक्त मनोज कुमार मिश्रले जानकारी दिनुभयो । कमिटीको उपाध्यक्षमा गोखुल गुप्ता,पिंकी अग्रवाल। सचिवमा राजिव बिस्वास,कोषाध्यक्षमा हरि साह,सदस्यमा बिश्वनाथ पटेल,भरत भहतो नुनिया,अनिल साहलगायत रहेको प्रवक्ता मिश्रले जनाए । उक्त कमिटी गठनको समय पार्टीका केन्द्रिय सदस्य अंगत ठाकुर, नन्दु श्रीवास्तव, संगठन बिभाग प्रमुख चंदन मिश्रलगायत राप्रपाका अन्य बरिष्ठ पदाधिकारीहरुको समेत उपस्थिती रहेको बताईएको छ ।

Advertisement