
४८० परीक्षा केन्द्र कायम हुने
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक निरौलाका अनुसार यो मौका परीक्षाका लागि देशभर ४८० परीक्षा केन्द्र तोक्ने तयारी छ। ‘अहिले नै यकिन चाहिँ छैन किन भने यसका लागि विभिन्न ठाउँबाट जानकारी आउँदै छ, हिसाब गर्दा अनुमानित ४८० परीक्षा केन्द्र तोकिने देखिएको छ,’ उनले भने। गत चैतमा सञ्चालन भएको एसइई परीक्षाका लागि भने देशभर २ हजार ७९ वटा र जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो। यो मौका परीक्षा कति जना विद्यार्थीहरूले दिँदै छन् भन्ने यकिन जानकारी केही दिनमा आउने उनले बताए। ‘अहिले विद्यार्थीहरूले परीक्षा फारम भरिरहेका छन्, साउन १६ गतेसम्म परीक्षा फाराम भर्ने समय छ,य सपछिमात्रै यसबारे यकिन जानकारी हुन्छ,’उनले भने।
Advertisement
कुन दिन के विषयको परीक्षा ?
बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार यही साउन २९ गते अनिवार्य अंग्रेजी,संस्कृत/वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषा/अनिवार्य अंग्रेजी परीक्षा हुने छ। साउन ३० गते अनिवार्य नेपाली, गैरनेपाली विद्यार्थीहरूका लागि अन्य भाषा विषयको परीक्षा हुनेछ। साउन ३१ गते अनिवार्य गणित सञ्चालन हुनेछ। भदौ १ गते अनिवार्य विज्ञान तथा प्रविधि, संस्कृत/वेदविद्याश्रमतर्फ शुक्लयजुर्वेद/ सामवेद/ ऋग्वेद/अथर्ववेद/नीतिशास्त्र अनिवार्य विज्ञान तथा प्रविधि लगायत विषयकाे परीक्षा सञ्चालन हुनेछ।





















प्रतिक्रिया