Parsa Doctor’s Wife Association (PDWA) को संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न

श्रावण ११, पर्सा । आईतबार  रक्त सञ्चार केन्द्र बीरगञ्ज पर्सामा मा Parsa Doctor’s Wife Association (PDWA) को संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा २५ जना रक्तदाताहरूले रक्तदान गरेका गरेको सङ्घका सचिव श्रीमती निशा सिंहले जानकारी दिनु भयो । कार्यक्रमको पर्सा चिकित्सक श्रीमती सङ्घका उपाध्यक्ष श्रीमती प्रेमासिंहको अध्यक्षतामा भएको उक्त कार्यक्रममाको सहजीकरणको भूमिका सङ्घका सचिव श्रीमती निशा सिंह तथा सहसचिव श्रीमती पिया सिंह गरेका थिए । कार्यक्रममा आजीवन सदस्यहरू श्रीमती सुनिता सिंह, श्रीमती सीमा सिंह, श्रीमती अन्जली गुप्ता, श्रीमती दिपाली चौरसिया, श्रीमती ज्योति ठाकुर, श्रीमती निभा मिश्र, तथा श्रीमती कल्पना प्रसादको उपस्थिति रहेको थियो । गर्मी बढेसँगै रक्तदानको कार्यक्रमहरू पनि कम हुने भएकोले रक्त सञ्चार केन्द्र बीरगञ्जमा बिरामीहरूले रगतको अभाव महसुस गरिरहेकोले कार्यक्रम आयोजना गरिएको सङ्घका सचिव श्रीमती निशा सिंहले जानकारी दिनु भयो । यस्तो गाह्रो परिस्थितिमा यस रक्तदान कार्यक्रमले निश्चित रुपमा यस क्षेत्रको भूभागको बिरामीलाई मद्दत पुग्ने आशा गरिएको छ ।

Advertisement