काठमाडौं महानगरपालिकाको छात्रवृत्ति २०८२ परीक्षामा सगरमाथा एकेडेमी वीरगञ्जकी छात्रा अर्पिता सफल

श्रावण २१, पर्सा । सगरमाथा एकेडेमी मुर्ली–१२ वीरगञ्ज स्कूलकी छात्रा अर्पिता गुप्ता काठमाडौं महानगरपालिकाको छात्रवृत्ति २०८२ परीक्षामा सफल भएकी छिन । छात्रा गुप्ताले काठमाडौं महानगरपालिकाको शिक्षा विभागद्वारा आयोजित छात्रवृत्ति छनोट परीक्षा २०८२ मा सफलता हासिल गर्दै Kathmandu School of Central State, Kalimati (KMC-13) मा कानुन (Law) विषयमा अध्ययन गर्नको लागि छात्रवृत्ति प्राप्त गर्न सफल भएको प्रति विद्यालय परिवारले खुशी व्यक्त गरेको छ । एसईई परीक्षा (रोल नं. ०३७०९४३५ इ) मा उत्कृष्ट प्रदर्शन गर्दै छात्रवृत्तिका लागि योग्य ठहरिएकी छिन । उनको यो सफलतामा सगरमाथा स्कूल परिवारले गर्भवावित बनाएको स्कुलले निकाले वक्तव्यमा भनिएको छ । विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले सम्पुर्ण शिक्षक,अभिभावकगण तथा सहपाठीहरू छात्रा गुप्ताले उत्कृष्ट उपलब्धि हासिल गरेकोमा बधाई ज्ञापन गर्दै अर्पिताको उज्ज्वल शैक्षिक भविष्यको कामना समेत गर्नु भएको छ ।
यस सफलताले सगरमाथा स्कूलको शैक्षिक गुणस्तर र विद्यार्थीको क्षमताको प्रमाण प्रस्तुत भएको विद्यालयको दाबि पनि छ । विद्यालयले यस्ता प्रतिभाशाली विद्यार्थीहरूलाई उत्प्रेरणा र प्रोत्साहन प्रदान गरिरहने पनि प्र.अ गुप्तले बताउनु भयो । यस अघि विद्यालयबाट वीरगञ्ज नेशनल प्याब्सन मेघा छात्रबृति कक्षा ११÷१२ का लागी छात्रा रिश्मा गुप्तालें ल्याउन सफल भएको थिईन ।

Advertisement