
श्रावण २५, पर्सा । माउन्ट मकालु इङलिस बोडिङ्ग विद्यालयका प्र.अ राहुल श्रीवास्तवले आईतबार श्री श्री १०८ श्री बाबा दुधेश्वरनाथ महादेव मन्दिर भाथाधामलाई चारथान पंखा प्रदान गरेका छन्।पर्सा जिल्ला स्थित पटेवा सुगौली गाउँपालिका वडा नम्बर १ मा रहेको बाबाको मन्दिरका लागि उपयोगी उक्त पंखा मेला समिति पत्रकार समुहका अध्यक्ष शम्भु महतो थारू मार्फत हस्तान्तरण गर्नु भएको हो । प्याब्सन महानगर अध्यक्ष समेत रहेका श्रीवास्तवले अहिले समाजिक धार्मिक क्षेत्रलाई समेत ध्यान केन्द्रित गरेर सो पंखा मन्दिरलाई प्रदान गरेको बताए । माँ आदय शक्ति मन्दिर परिवार अशोक बाटिका र विद्यालय परिवार मिलेर भाथा मन्दिरको पुन्य काममा सहयोग गरिएको अध्यक्ष श्रीवास्तवले बताएका हुन । चारवटा मध्ये एक थान बैष्णुदेवी बचत तथा ऋण सहकारी संस्थाका दिपेन्द्र श्रेष्ठले समेत सहयोग गरेको श्रीवास्तवले बताएका छन् । उनले हरेक वर्ष सो मन्दिरलाई केही न केही सहयोग गदै आइरहेकोमा यस वर्ष सिलिङ्ग पंखा हस्तान्तरण गरिएको महानगर अध्यक्ष श्रीवास्तवको भनाई छ । उनले शिक्षा क्षेत्रमा मात्र नभइ धार्मिक क्षेत्रमा समेत उतिकै महत्त्वपूर्ण योगदान गदै आइरहेकोले यस्ता धार्मिक क्षेत्रमा अन्य ब्यक्तिहरुले पनि सहयोग गर्न अपिल गरेका छन् ।




















प्रतिक्रिया