नारायणी अस्पतालमा ‘मेमोग्राम’ उपकरण जडान अन्तिम चरणमा, एक साता भित्र परीक्षण शुरु

अभिलाष गुप्ता

नारायणी अस्पतालमा ‘मेमोग्राम’ उपकरण जडान प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अस्पतालका अनुसार स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि प्रयोग गरिने मेमोग्राम उपकरण एक साता भित्र जडान सकेर नियमित सञ्चालन गरिने जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. चुमनलाल दासले एक साता भित्र मेमोग्राम जडान गरिसक्ने लक्ष्य राखेर कामलाई तीव्रता दिइएको जानकारी दिए । “स्तन क्यान्सरको पहिचान र परीक्षणका लागि आवश्यकपर्ने मेमोग्राम मेसिन अस्पतालमा आए सँगै बायो मेडिकल इञ्जिनियरले मेसिन राख्न आवश्यक कोठाको तयारी गरिरहेका छन् । एक साता भित्र जडान गरिसक्ने लक्ष्य राखेका छौँ”, उनले भने । मेसु दासले मेमोग्राम जडान भए सँगै यहाँका बिरामीलाई सेवा प्राप्त गर्न सहज हुने बताए । सङ्घीय सरकार मातहतको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बाट उक्त उपकरण यहाँ ल्याइएको हो ।

Advertisement