, काठमाडौं : दक्षिण अफ्रिकाका लागि १५० भन्दा बढी अन्तर्राष्ट्रिय खेल खेलिसकेका लेग स्पिनर इमरान ताहिरले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा खेल्ने भएका छन्। च्याम्पियन जनकपुर बोल्ट्सले आइतबार लेग स्पिनका जादुगर मानिएका ताहिरलाई आबद्ध गरेको जानकारी दिएको हो। करिब एक हजार खेलमा झन्डै दुई हजार विकेट ताहिरको नाममा छ। पाकिस्तानमा जन्मिएका ४६ वर्षीय ताहिरले २० टेस्टमा ५७ विकेट,१०७ एकदिवसीय अन्तर्राष्ट्रियमा १७३ विकेट र ३८ टी–२० अन्तर्राष्ट्रियमा ६३ विकेट लिएका छन्।
यसै गरी उनले सबैखाले टी–२० प्रतियोगितामा ४४६ खेलमा ५७० विकेट हात पारेका छन्। ताहिर विश्वभरका सबै फ्रेन्चाइज लिगमा सबभन्दा खोजिने खेलाडी हुन्। उनले इङ्ग्ल्यान्डका विभिन्न छ टिमबाट टी–२०, दक्षिण अफ्रिकाका तीन फ्रेन्चाइज टिम र इन्डियन प्रिमियर लिगका तीन फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन्। सन् २०१९ मा भएको आइपिएलमा ताहिरले सर्वाधिक विकेट लिएर पर्पल क्याप जितेका थिए। जनकपुर बोल्ट्सले यस सिजनको एनपिएलका लागि भित्र्याइएका ताहिर तेस्रो विदेशी खेलाडी हुन्। यसअघि नै जनकपुरले पहिलो संस्करणलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेे श्रीलङ्काका अमेरिकी क्रिकेटर लाहिरु मिलान्था र दक्षिण अफ्रिकी तेज बलर वायने पार्नेललाई अनुबन्ध गरिसकेको छ। वेस्ट इन्डिजका हस्ती व्रिmकेटर शिवनारायण चन्द्रपालको मुख्य प्रशिक्षणमा जनकपुर बोल्ट्स यस पटक मैदानमा उत्रने छ।




















प्रतिक्रिया