
, काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले प्राध्यापकहरूको लापरबाहीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाई हुने गरेको बताएका छन्।आइतवार भक्तपुरमा विश्वविद्यालय अनुदान आयोगको ३२औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले यस्तो बताएका हुन्। चार–पाँच लाख विद्यार्थीको परीक्षाफल सार्वजनिक गर्न नौ महिनाभन्दा बढी लाग्ने गरेको उल्लेख गर्दै उनले यसको अन्त्य गर्न जरुरी रहेको बताए। मन्त्री पुनले विश्वविद्यालयहरूबीच सम्बन्धन दिनमा मात्रै केन्द्रीत हुँदा शिक्षाको गुणस्तर खस्कदै गएको पनि बताए।



















प्रतिक्रिया