
बिकास पटेल, मंसिर ११ पर्सा । कालिकामाइ गाउँपालिका वडा न. ३ हरिहरपुर बिर्तामा पशु स्वास्थ सम्बन्धी एक दिने निशुल्क शिबिर सम्पन्न भएको छ। शिबिरमा घरपालुवा चाैपायाहरूकाे स्वास्थ्य परिक्षण सहित खाेप लगाईएकाे छ। शिबिरमा ३५० बाख्राहरुलाई पि पि आर भेक्सिन लगाईएकाे छ भने ३६० वटा गोरु -भैंसीको चेक जाँच गरि औषधि समेत बितरण गरिएको छ । कालिकामाई गाउपालिकाको आयोजनामा भएको निशुल्क शिबिर कृषि शाखा प्रमुख रणधिर कुमार चौरसियाको अध्यक्षता सम्पन्न भएको हो । पशु स्वास्थ शिबिरमा चिकित्सक कोठारि चौरसिया, शैलेश गिरि, कारण कुमार, रामनाथ लगायतले चेक जाँच गरि औषधि बितरण गर्नु भएको थियो। पशु स्वास्थ शिबिरमा भ्यागुतो रोग, पि पि आर खाेप लगाइएको पशु चिकित्सकहरुले बताएका छन । पशुहरूलाई ज्वरो १०७° आउने , रयाल आउने, घाटि सुन्ने, मासु भएको ठाउमा सुन्ने र रगत पानी हुने पशुहरुको मृत्यु हुने गरेकाे लक्षण देखिने गरेकाेले समयमा भ्याकसिन लगाउन चिकित्सकहरूले अनुराेध गरेका छन ।



















प्रतिक्रिया