,काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आइतबार कास्कीको पोखरामा एकता सन्देश सभा गर्दैछ। शनिबार लुम्बिनी प्रदेशको दाङ देउखुरी र शुक्रबार सुदूरपश्चिमको धनगढीमा एकता सन्देश सभा गरेको नेकपाले आइतबार गण्डकी प्रदेको पोखरामाकार्यक्रम गर्न लागेको हो। सभामा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपाललगायतका नेताहरूले सम्बोधन गर्नेछन्।नेकपाले अब सोमबार कोशीको विराटनगरमा, मङ्सिर १८ गते, कर्णालीको सुर्खेतमा, २० गते मधेशको जनकपुरमा र २३ गते बागमतीको हेटौँडामा सभा गर्नेछ।अन्त्यमा मङ्सिर २९ गते देशभरका पालिकाहरूमा एकता सन्देश सभा हुने नेकपाले जनाएको छ।





















प्रतिक्रिया