BPS+2 Collegeद्वारा Fresher`s Fiesta Ceremony आयोजना

मंसिर १९,पर्सा । राज्यको सम्पत्तिको रक्षा गर्ने जिम्मेवारी हामी नागरिकको पनि रहेकाे पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताउनु भएको छ । BPS+2 Collegeले आयोजना गरेको Fresher`s Fiesta Ceremony कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ दाहालले नेपालको सम्पत्ति नासगर्ने काम निकै दु:खद भएकोले युवाको शक्ति, जागर तथा शिपलाई सहि स्थान पाउनु पर्ने बताए ।collegeका कक्षा १२ ले आयोजना गरेको स्वागत कार्यक्रममा वीरगञ्ज JCI का अध्यक्ष सरोज कुमार चौरासीया, मानव सेवा आश्रमका मधेश संयाेजक देवेश गुप्ता, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल भोजपुरी समाजका सह सचीव अज्मत अलि अन्सारीलगायतले सुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा collegeका बिद्ययार्थीहरूले विभिन्न कला प्रस्तुत गरेका थिए । होटेल भिस्वामा भएकाे उक्त कार्यक्रम BPS +2 college का Academic Director दीपक पटेलकाे अध्यक्षतामा भएको हाे ।कार्यक्रमको सहजीकरण BPS+2 Collegeका HR निर्देशक सन्दिप कुशवाहा तथा उद्धाेषण संजना पटेल, विशाल साह कलवारले गरेका थिए ।

Advertisement