
,काठमाडौं : सर्वोच्च अदालतले शुक्रबार हेटौंडाको सडक विस्तार कार्य तत्काल रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गर्यो। तर औपचारिक रुपमा पत्र प्राप्त नभएको भन्दै सडक डिभिजन कार्यालय हेटौंडाले शनिबार उज्यालो नहुँदै घरटहरा भत्काउन शुरु गर्यो।दिनभरमा दायाँबायाँ २५/२५ गजभित्र रहेका ५ सयभन्दा धेरै घर टहरामा कार्यालयले डोजर चलायो। शुक्रबारको आदेश शनिबार बिदा भएकाले कार्यालय आइतबार मात्रै खुल्यो । आइतबार दिउँसो अदालतको आदेश सडक डिभिजन कार्यालयमा पुग्यो।त्यसपछि कार्यालयले पत्रकार सम्मेलन गर्दै अदालतको आदेशको सम्मान गर्दै तत्कालका लागि सडक विस्तार कार्य रोकिएको जनाएको छ।हेटौंडा उपमहानगरभित्र पर्ने राष्ट्रिय लोकमार्गहरूको सडक सीमा संरक्षण कार्यक्रम, २०८२ लाई सर्वोच्च अदालतको उत्प्रेषण आदेशका कारण स्थगित गरिएको डिभिजन प्रमुख गुरुप्रसाद अधिकारीले जानकारी दिए।रास्वपा नेतृ विन्दवासिनी कंसाकारले दायर गरेको रिटमा शुक्रबार सर्वोच्चका न्यायाधीश मेघराज पोखरेलको इजलासले तत्काल सडक विस्तारको काम अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।




















प्रतिक्रिया