बिकास पटेल,मङ्सिर २६ , पर्सा। पोखरिया नगरपालिका वडा नं. ४मा रहेको तराई डाइग्नोस्टिक मा आज आयोजित रक्तदान कार्यक्रममा ६० जनाले रक्तदान गरेका छन्, जसमा २ महिला पनि सहभागी थिए।
तराई डाइग्नोस्टिक को संचालक रिपेश मालीको व्यक्तिगत पहलमा सम्पन्न यो कार्यक्रमको उद्घाटन डा.आनन्द रौनियार गरेका थिए।
Advertisement
उद्घाटन समारोहमा प्रमुख अतिथि डा.रौनियारले रक्तदानजस्तो मानवताको कार्यले समाजमा सकारात्मक सन्देश फैलाउने बताए। कार्यक्रममा दिलिप रौनियार , कृष्णा, सुमित अमृता चौहान, रामविश्वास महतो, लगायतले रक्तदान गरेका थिए।
रक्तदान कार्यक्रममा वडा .९ को वडा अध्यक्ष नौसाद आलाम, पोखरिया रेडक्रसको सभापती भगवान कुर्मि,पत्रकार धर्मेन्द्र चौरसिया, रामबिश्वास चौधरी र गणेशप्याथोलोजी का सन्चालक बिजय साह , लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमलाई रक्त संचार केन्द्र वीरगञ्जका प्रमुख सरौभ राज पाण्डेले पनि समर्थन गरेका थिए।




















प्रतिक्रिया