,काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू चुनावबाट नभाग्ने स्पष्ट पारेका छन्। शनिबारदेखि सुरु भएकाे पार्टीको ११औं महाधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले यस्ताे बताएका हुन्। डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत आफ्नो पार्टीको रहेको दाबीसमेत ओलीकाे छ। उनले भने, ‘डर, दबाब र प्रतिशोधको छायाबाट मुक्त चुनाव हुँदा बहुमत ल्याउने ल्याकत भएको पार्टी चुनावबाट भाग्छ भन्ने कसैले नसोचे हुन्छ।’ तर ओलीले अहिले चुनाव हुँदैछ भनेर देशलाई अल्मल्याउन खाेजिएकाे जिकिर गरे । उनले साेही कुरा बुझेर आफूहरूले संसद पुनर्स्थापनाकाे माग राखेकाे बताए। ‘…तर अहिले चुनाव हुँदै छ र ? होइन चुनाव हुँदै छैन । चुनावको कुरा मात्रै भइरहेको छ, देशलाई अल्मल्याउनका लागि’, उनले भने, ‘त्यसैले हाम्रो अडान छ प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्छ।’
Advertisement





















प्रतिक्रिया